न्यू डायमन्डले उचाल्याे छैठौं एनभिए क्लब भलिबल महिलातर्फको उपाधि

काठमाडौं : विभागीय प्रतिद्वन्द्वी नेपाल एपिएफ क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यू डायमन्ड स्पोर्ट्स क्लब छैठौं एनभिए क्लब भलिबल महिलातर्फको च्याम्पियन बनेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको फाइनलमा न्यू डायमन्डले उपाधि चुमेको हो। पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पारेको छ ।पहिलो सेट २४–२६ को नतिजामा गुमाएको न्यू डायमन्डले त्यसपछिका लगातार तीन सेट जित्दै च्याम्पियन बन्यो। प्रतिस्पर्धात्मक खेलमा न्यू