संखुवासभा : संखुवासभाको दुईवटा मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुन: शुरु भएको छ।खाँदबारी नगरपालिका–३ महेन्द्र माध्यमिक विद्यालयको (ग) मतदान केन्द्र र चैनपुर नगरपालिका–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको (ख) केन्द्रमा मतदान अवरुद्ध भएको थियो। मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएको हो। महेन्द्र मावि (ग) केन्द्रका मतदान अधिकृतले प्रतिनिधिसभातर्फको ३१ मतपत्र प्रदेशसभातर्फ र प्रतिनिधिसभाको ३१ मतपत्र प्रदेशसभाको बुथ