काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मन्त्रिपरिषद् विस्तारका क्रममा गण्डकी प्रदेशमा पार्टीले अक्षम्य भूल गरेको बताएका छन्। पार्टीको निर्णयले दलित समुदायप्रति अपमान भएको उनको ठहर छ। शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा कांग्रेसबाट डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भएपनि उनको ठाउँमा बिन्दुकुमार थापालाई सपथ खुवाइएको थियो। त्यसप्रति इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो दुर्भाग्यपूर्ण हो। पार्टीले गरेको अक्षम्य भूल हो।’