सुरक्षा पदाधिकारीहरुलाई नेताको दैलो चाहार्न बन्द

मुलुकको आन्तरिक सुरक्षा तथा अपराध अनुसन्धान र जनतामा अमनचयन कायम गराउने जिम्मेवारी पाएको सुरक्षा निकाय बढ्दै गएको राजनीतिक प्रभाव न्यूनीकरणका लागि गृह मन्त्रालयले नयाँ र प्रभावकारी कदम चालेको छ । सुरक्षा निकायका कतिपय पदाधिकारीहरु विभिन्न कुटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसंग भेटघाट गरी आफ्नो स्वार्थ पूरा गराउने गरेकोमा अब त्यस्तो अवस्थाको अन्त्य गर्न लागेको छ । …