महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र हेटौंडाको रिगल हेटौंडा रिसोर्टबिच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रिसोर्टका सेवामा छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।