इसाई धर्मालम्वीहरुको सबै भन्दा महत्वपूर्ण वार्षिक पर्व हो क्रिसमस । जसलाई डिसेम्बर महिनाको २५ तारिख येशू ख्रीष्टको जन्मदिनको स्मरण गर्दै विश्वभरी नै मनाइन्छ । यहि अवसर पारेर महिनौंदेखि दुलही झैं सिंगारिएको लन्डन शहर क्रिसमसको प्रतिक्षामा रंगीविरंगी प्रकाश छर्दै चम्किरहेको छ । कोरोना महामारीका कारण गतवर्षको क्रिसमसमा विभिन्न प्रतिबन्धहरु लागू गरिएपछि क्रिसमस घरघरमै सिमित रहेको थियो । यसवर्ष भने क्रिसमस मनाउने सपना बोकेर एक महिना अघिदेखि नै लन्डन शहर सिंगारिएको छ। संक्रमणदर