महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुन्छ : मन्त्री बडू

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्दप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलमा एमालेको पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री बडूले न्यायपालिकालाई सुदृढ र सुद्धिकरण गर्नका लागि महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को पनि सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको हो […]