नेसनलले रामजी रामको परीक्षा रोकेकोमा डाक्टर केसीको आपत्ति, कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग

चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले नेसनल मेडिकल कलेज वीरगन्जले विद्यार्थी रामजी राम र पंकजकुमार रामको परीक्षा रोकेकोमा आपत्ति जनाएका छन्।