चुनावमा बहुमत ल्याएका नेता नेतान्याहुलाई इजरायली प्रधानमन्त्रीद्वारा बधाई

इजरायलका प्रधानमन्त्री याइर लापिडले आम चुनावमा भएको जितका लागि नेता बेन्जामिन नेतान्याहुलाई बधाई दिनुभएको छ । साथै, उहाँले व्यवस्थित रूपमा शक्ति हस्तान्तरणमा सघाउने प्रतिबद्धता पनि जनाउनु भएको बीबीसीले जनाएको छ । हिजो सार्वजनिक चुनावी मतपरिणाम अनुसार नेतान्याहुको लिकुड दल र गठबन्धनले संसद्को १ सय २० मध्ये ६४ सिटमा जित हासिल गरेको छ । यो बहुमतसँगै १४ महिनाअघि सत्ताबाट बाहिरिएका नेतान्याहु फेरि नेतृत्वमा आउने पक्का जस्तै भएको छ । पछिल्लो चुनावी नतिजाले त्यहाँ सन् २०१९ मा सुरु भएको राजनीतिक गतिरोधको अन्त्य...