नवाज शरिफ इदपछि पाकिस्तान फर्किने

काठमाडौं– लण्डनमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तान फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन पार्टीका एकजना वरिष्ठ नेतालाई उद्धृत गर्दै पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार नवाज आगामी महिना इदपछि पाकिस्तान फर्किने छन् । यस वर्ष आगामी मे महिनाको पहिलो साता इद परेको जनाइएको छ । पीएलएम–एनका सांसद मियाँ जावेद […]

सम्बन्धित सामग्री

चुनावी नतिजाको विरोधमा खानका समर्थक र अन्य पाकिस्तानी दलद्वारा राजमार्ग अवरुद्ध

क्वेटा (पाकिस्तान) । पाकिस्तानको कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र अन्य राजनीतिक दलका सदस्यहरूले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोधमा सोमवार अस्थिर दक्षिण–पश्चिममा प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन् ।  आइतवार प्रकाशित अन्तिम नतिजाअनुसार करीब दुई वर्षअघि खानलाई सत्ताबाट हटाउने राजनीतिक दलहरूको तुलनामा उनले समर्थन गरेका उम्मेदवारहरूले धेरै सिट जितेका छन् । यद्यपि कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त नभएकाले गठबन्धन सरकार बनाउन दलहरूले वार्ता गर्नुपर्ने भएको छ । नयाँ संसद्ले मुलुकको नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।  नयाँ संसद् चयन गर्न बिहीवार सम्पन्न निर्वाचनमा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीलाई मतदानबाट गरिएको बहिष्कारले ओझेलमा पारेको थियो । निर्वाचन जित्नेहरूले विजयको उत्सव मनाइरहँदा पीटीआई र अन्य दलहरूले दर्जनौं निर्वाचन क्षेत्रमा आफ्नो हार अस्वीकार गरेका छन् । कथित मतदान धाँधलीको विरोध गरिरहेका खानका दर्जनौं समर्थकलाई सप्ताहन्तमा पूर्वी सहर लाहोरमा केही समयका लागि हिरासतमा लिइएको थियो ।  बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तमा एक सरकारी प्रवक्ता जान अचकजाईले प्रदर्शनकारीलाई हार स्वीकार गरेर राजमार्गहरूबाट टाढा गएर ‘कृपा देखाउन’ आग्रह गरे । आपराधिक सजायका कारण खानले निर्वाचन लड्न पाएनन् । उनले यसलाई राजनीतिकरूपमा प्रेरित भनेका छन् ।  खानसँग गठबन्धन गर्ने उम्मेदवारहरूले राष्ट्रियसभा अर्थात संसद्को तल्लो सदनमा २६६ सिटमध्ये १०१ सिटमा जित हासिल गरेका छन् । तीन पटकका प्रधानमन्त्री तथा पूर्वअपराधी नवाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन)ले ७५ सिटमा विजयी भएको छ । शरिफले अहिले गठबन्धन सरकार बनाउनका लागि सहयोगीसँग वार्ता गरिरहेका छन् ।   बिलावल भुट्टो–जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५४ सिटका साथ तेस्रो स्थानमा छ । एक उम्मेदवारको मृत्युका कारण एउटा परिणाम रोकिएको छ भने अर्कोमा मतदान स्थगित गरिएको छ । सन् २०२२ मा खानलाई पदबाट हटाउने अभियानको नेतृत्व पीएमएल–एन र पीपीपीले गरेका थिए ।  पाकिस्तानको सेनाले सधैं आफूलाई प्रधानमन्त्री बनाउने अन्तिम मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको छ । गत अक्टोबरमा मुलुकमा सहज फिर्ताका कारण शरिफलाई शक्तिशाली सुरक्षा प्रतिष्ठान (सेना)को मनपर्ने उम्मेदवारका रूपमा हेरिएको थियो ।  कारागार सजाय भोग्नबाट बच्नका लागि शरिफले चार वर्ष निर्वासनमा बिताएका थिए । तर, पाकिस्तान पुगेको केही साताभित्रै उनको सजायलाई उल्ट्याइएको छ । रासस/एपी

पाकिस्तान फर्कने तयारीमा पूर्व प्रधानमन्त्री नवाज शरिफ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ अर्को महिना इद पछि लण्डन फर्किन सक्ने सम्भावना रहेको छ । इमरान खानको सरकार ढलेपछि पाकिस्तानमा जारी राजनीतिक हलचलका बीच नवाज शरिफको पार्टी पीएमएल–एनका एक नेताले यस्तो जानकारी दिएका हुन् ।समाचार एजेन्सी पिटिआईका अनुसार मियां जावेद लतिफले पिएमएल–एन चीफ र तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफको फिर्ताबारे गठबन्धका सहयोगीसँग चर्चा गरिने जानकारी दिए ।इद मे महिनाको पहिलो हप्तामा हुन्छ । इमरान खानको सरकारले पिएमएल–एन चिफ नवाज शरिफविरुद

पत्नीको दाहसंस्कारका लागि नवाज शरिफ जेलमुक्त :: Pahilopost.com

इस्लामावाद: भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको छ। शरिफकी पत्नी कुलसूम नवाजको मंगलवार लन्डनमा क्यान्सरका कारण निधन भएको थियो।  ६८ बर्षिया कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको