सरकारले आफ्ना माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरुको चेतावनी

काठमाडौं । १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भेटेर उनीहरुले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् । जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, […]