शौचालय जाने विषयमा पतिसँग दिनदिनै झगडा परेपछि पत्नी हैरान !

पतिपत्नीबीच घरमा सामान्य विवाद भइरहन्छ तर शौचालय जाने विषयमा पनि झगडा भएको घटना कमैले सुनेका होलान् । किडस्पोटमा प्रकाशित रिपोर्ट अनुसार एक जना महिला आफ्ना पति शौचालय गएर घण्टौंसम्म बसिदिने बानीले हैरान छिन् । उनका पति दैनिक ४ घण्टा शौचालयमै बिताउँछन् । ती पतिलाई शौचालय त्यतिबेला जानुपर्छ, जतिबेला पत्नीले कतै घुम्न जानुपर्ने होस्, खाना खाने समय होस् वा घरमा कोही पाहुना आएका होउन् । पतिको यस्तो हर्कतले महिला हैरान छिन् । उनीहरू नयाँ घरमा सरेपछि यो समस्या बढी देखिएको छ । पतिले घण्टा शौचालयमा बिताउँदा पत्नीले गुन...