काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। संयोगले दुवै पार्टीका महासचिव पराजित भएका हुन्। उनीहरू दुवैजना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले रुचाएका पात्र हुन्। तीनवटा निर्वाचन क्षेत्र रहेकाे दाङमा पोखरेल दाङ २ बाट पराजित भए भने गुरुङ लमजुङबाट पराजित भएका हुन्। एमाले महासचिव पोखरेललाई १९२ मतान्तरले पराजित गर्दै रेखा शर्म