नेपालको सीमा-सुरक्षाको चासो र अवधारणाको विकास पनि बरालबाट भयो। बरालको कार्यकालमा २०३३ सालको प्रहरी इन्स्पेक्टरको दरबन्दी त्यही प्रयोजनका लागि खडा गरियो। फलस्वरूप त्यसैबेला पुलिसका इन्स्पेक्टरले नेतृत्व गर्ने नेपाल-भारत सीमा र नेपाल-चीन सीमा गरेर करिब ३० ठाउँमा सीमा प्रहरी चौकी स्थापना भए।