विवाहको भोज खान गएका वृद्ध मृत भेटिए

सल्यानको दार्मा गाउँपालिकास्थित विवाहको भोज खान गएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । छिमेकीको घरमा विवाहको भोज खान गएका दार्मा गाउँपालिकाको पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्री छिमेकीको खाली घरमा मृत अवस्थामा भेटिएका हुन् ।