एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्नुहुन्छ : फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो बनाइदिन्छु भन्नु चाहिँ के हाे ?

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताउनुभएको छ । उज्यालोसँगको कुराकानीमा अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक रोजगारीमा जानेहरूले लाखौँ रुपैयाँ तिर्न परेको गुनासो आफू समक्ष आएपछि सार्वजनिक रूपमै आफूले वैदेशिक रोजगारीमा जानका लागि पैसा तिर्न पर्दैन फ्री भिसा फ्री टिकट पाइन्छ भनेर जानकारी दिएको बताउनुभएको हो ।  ‘रौतहटमा म्यानपावरको नाममा मानिसलाई ठग्ने काम भएको र लाखौँ रुपैयाँ लिए...

सम्बन्धित सामग्री

गठबन्धनद्वारा बागी उम्मेदवारलाई प्रलोभन नै प्रलोभन

काठमाडौं, कात्तिक ७ । सत्तागठबन्धन दलका नेताले प्रदेशस्तरीय कार्यक्रममा बागी उठेका नेतालाई आफूहरूले चुनाव जितेपछि राष्ट्रिय सभाको सदस्य, राजदूत तथा अन्य उच्च पदस्थ निकायमा नियुक्ति दिने आश्वासन दिन थालेका छन् । उनीहरूले विभिन्न उधारो आश्वासन दिएर बागी नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गराउने प्रयास थालेका हुन् । यसका साथै गठबन्धनका शिर्ष नेताले अन्य नेता तथा कार्यकर्तालाई […]

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने पक्राउ

वीरगञ्ज – प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिने भनी प्रलोभन देखाई ठगी गर्ने एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले ठगी गरेको आरोपमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई वीरगञ्ज–१६ स्थित डेरा गरी बस्ने नवलकिशोर साह कानु छन्। पक्राउ परेका उनले सर्वसाधारणसँग वैदेशिक रोजगारीमा फ्रि टिकट, फ्रि भिसामा पठाइदिन्छु भनी मेडिकल गर्ने बहानामा २५ हजारदेखि २ लाखसम्मको रकम […]

म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका छन्। उनले बिहीबार जनप्रतिनिधिलाई सम्बोधन गर्दै भने,'प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो,त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन भनेर संकेत गरेको थिएँ। यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो।म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन।’

कुनै प्रलोभन तथा लालचमा पर्दिनँ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएक

विवाहको प्रलोभन देखाई ४२ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ– विवाहको प्रलोभन देखाई ठगी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् । प्रहरीले नविन भनिने ५२ वर्षीय लोकबहादुर श्रेष्ठलाई विशालनगरबाट पक्राउ गरेको हो । हाल काठमाडौँको धापासी बस्दै आएका रामेछाप साँघुटार–३ का श्रेष्ठले ४२ लाख ३४ हजार रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ । उनले पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर कहिले आफू बिमारी […]

रोजगारीको प्रलोभन देखाएर ठगि बढ्यो : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने बताएका छन् ।मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पु¥याएर नेपाली युवालाई अलपत्र […]

बिहेको प्रलोभन देखाई बालिका बलात्कार गर्ने भारतीय युवक पक्राउ

वीरगञ्ज – बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले जबरजस्ती करणीको आरोपमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई पक्राउ गरेको हो। सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाईफकाई विवाह गर्ने प्रलोभन […]

काठ व्यवसायीले वनमन्त्रीलाई दिए एक अर्बको आर्थिक प्रलोभन !

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको आर्थिक प्रलोभन आएको खुलासा गर्नुभएको छ । आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको मन्त्री आलेको दाबी छ । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिना पछि विभागीय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताउनुभएको हो । गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर आफूले कसैलाई पनि भेट नगरि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको बताउनुभयो । ‘जुन दिन मैले पदको वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखी, वनका केही बद्मास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे। मैले कसैलाई भेटिन। कसैलाई पनि भेट्दिनँ भनेँ। मैले कसैलाई भेट्दा पनि भेटिनँ’ मन्त्री आलेले भन्नुभयो, ‘पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी १ अर्ब पैसा उठाएर दिन्छौ भन्ने कुरा पनि आयो। अनि मैले भनेँ १ अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले? हुँदैन भनेर मैले इन्कार गरेँ।’ मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक बन कार्यक्रमको बारेमा अध्ययन गर्दा पनि जिल्ला बन अधिकृत, क्षेत्रिय निर्देशक, काठव्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्रलोभन देखाएको बताउनुभयो । जनताको अहितमा काम गर्नुपरे एक मिनेट पनि पदमा नबस्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘आफू गतिलो भयो भने कसैले बिगार्न सक्तैन । हामीले र्याल चुहाउने पनि होइन । मन्त्रालय भित्र गर्नुपर्ने कामहरु अघि बढ्छन् । जनतालाई प्रत्यक्ष हानीहुने काम मन्त्रालयले गर्दैन । जनताको अहित हुने काम गर्न बाध्य पार्यो भने मन्त्रीको पद १ मिनेटमा रिजाईन गरेर पद् छोड्न म तयार छु ।’