पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद

इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो ।नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपी)ले बरामद गरेको जनाइएको छ । अवैधरूपमा लाखौँ मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सोमबार राति १० बजे औषधि बर