रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुलाई सम्पर्कमा आउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको छ। रसियाली सेना युक्रेनको राजधानी कीभ पुगिसकेको अवस्था र सडकमा भिडन्त भइरहँदा २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय…