नेपालमा ४० प्रतिशत मोबाइल सेट तस्करी भएर आउँछ

कोरोना महामारीको चपेटामा परेका बेला पनि नेपालमा मोबाइलको आयात र खपत निकै बढ्यो । भन्सार विभागको तथ्यांकअनुसार कोभिडअघि र कोभिडपछि मोबाइल आयात करिब १८ अर्ब रुपैयाँले बढेको छ । कोरोना महामारीको मोबाइल आयात र खपत बढ्नुको कारणलगायत विषयमा रातोपाटीका निकेश खत्रीले मोबाइल आयातकर्ता संघ, नेपालका अध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानी :कोरोना महामारी फैलिएपछि सबैजसो क्षेत्रले नोक्सानी ब्यहोर्‍यो, मोबाइल बिक्रेतालाई चाहिँ महामारी फापेको हो ?एक प्रकारले फापेको पनि देखिन्छ । कोभिड फैलिएसँगै भारतसँगको