युद्ध, रोग र भोकमरीको मारमा गाजाबासी

गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन् । गाजामा बन्धक बनाइएका बाँकी इजरायली बालबालिकाका लागि पनि यो दुःस्वप्न जारी रहेको र स्थिति तीव्र गतिमा बिग्रँदै गएको उनीहरूले बताएका छन् । प्यालेस्टिनीका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) की …