वाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो

वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर कात्तिक १ देखि लागू हुने गरी समायोजन गरेको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअगाडि धर्ना दिएसँगै प्रदेश सरकारले नयाँ भाडादर कायम गरेको हो ।