वैकल्पिक युवा संगठनले नेपाली क्रिकेटर ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीमाथि गरिएको कारवाही फिर्ता लिन माग गरेको छ । संगठनका महासचिव अशोक खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले क्रिकेट एसोशिएसन नेपाल (क्यान) मा भएका बेथिति र भद्दा राजनीतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै संगठनले बेथितिविरुद्ध आवाज उठाउँदै आएका खेलाडीलाई कारवाही गर्नु खेदजनक रहेको जनाएको छ ।क्रिकेट जगतलाई अझ सुदृढ बनाउनुपर्ने खेलाडीहरुको आवाजलाई सम्बोधन गर्नुको