काठमाण्डाै – एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग खेल्न श्रीलंकाको ब्लु स्टार क्लब आज नेपाल आउँदैछ ।
ब्लु स्टारको टोली आज दिउँसो सवा १२ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मछिन्द्र र ब्लु स्टार आउँदो मंगलबार दशरथ रंगशालामा खेल्नेछन् । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । यो खेल अप्रिल १२ मा हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।