अर्घाखाँचीमा नागरिकता बनाउनेभन्दा राहदानी (पासपोर्ट) बनाउने नागरिकको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्षमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको हो । आव २०८०/८१ मा सात हजार छ जनाले नागरिकताको प्रमाणपत्र लिँदा सात हजार ३६३ जनाले राहदानी बनाएका छन् । यो सङ्ख्या जिल्लाबाटै वितरण भएको राहदानीको सङ्ख्या हो । छिटो राहदानी लिनका लागि जिल्लाबाट सिफारिस लगेको सङ्ख्या २४५ छ । नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ६०२ ले बढी छ ।