मन्दिरको सुन चोरीको आरोपमा सात जना पक्राउ

बैतडी : बैतडीमा मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चारजना सुन चोरीमा संलग्न र तीनजना भने सुन खरिद गर्ने व्यापारी रहेका छन्।जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिमस्थित लटिनाथ मन्दिरको सुन चोरी भएको थियो। चोरीको सुन खरिद गर्ने दशरथचन्द नगरपालिका–४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल, सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल पक्राउ परेका हुन्।गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत हुन्। दुवैजनाले गोठलापानीमा सु