एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा मंगलवार मुम्बईको वाँखडे रंगशालामा सम्पन्न अफगानिस्तान र अस्ट्रेलियाबीचको प्रतिस्पर्धा रोचक देखियो । क्रिकेटमा उत्कृष्ट बन्दै गएको अफगानिस्तानले पाकिस्तान, बेलायत, श्रीलंकाजस्ता हस्ती देशहरूलाई पछार्दै अस्ट्रेलियासँग टक्कर लिन पुगेपछि खेलप्रेमीहरूको ध्यान मुम्बईको रंगशालातर्फ खिचिएको थियो । टस जितेर पहिले ब्याटिङ गरी ५० ओभरमा पाँच विकेट गुमाउँदै अफगानिस्तान २९१ रनको बलियो स्कोर खडा गर्न सफल पनि बन्यो ।