नेपाली शुद्धसँग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि

प्रारम्भिक कक्षा पढाइ कास्कीका ८ वटा सामुदायिक विद्यालयको स्थलगत अनुगमन गरिएको छ । पोखरा महानगरमा ४ वटा र रुपागाँउपालिकामा ४ वटा गरि ८ विद्यालय अनुगमन गर्दा नेपाली शुद्धसंग लेख्ने र अर्थबोध गर्ने विद्यार्थीको संख्यामा बृद्धि भएको पाइयो । सन् २०१४ देखि सुरु भएकोे राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सञ्चालन भैरहेका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले युएसएडको सहयोगमा सो कार्यक्रम देशका ३८ जिल्लामा लागु गरेको थियो । कक्षा १ देखी ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको पठनशिप अभिबृद्धि गर्ने उदेश्य सहित सुरुवात भएको हो । समग्रमा उक्त कार्यक्रम प्रभावकारी बनेको इजिआर पि क्षेत्रिय कार्यलय संयोजक बखत भण्डारीले जानकारी दिनु भयो । दुइदिने अनुगमनले विद्यार्थीमा सिक्ने पढने र लेख्नेमा बौद्धिक बृद्धि भएको पाइयो, पढाइको जग बलियो बनाउने उदेश्यले गरिएको राष्«िटय कार्यक्रम हो, उपलब्धता, गुणस्तर, र सक्षमता गरि ३ कुरामा जोड दिइएको छ ।