सानिमा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी स्वास्थ्य शिविर तथा पौष्टिक खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, मानवीय सहयोग तथा अन्य सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ। सोही अभियानअन्तर्गत समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले […]