मुस्ताङ भन्सारबाट साढे सात अर्बभन्दा बढी राजस्व, ईभीबाट मात्रै करिब सात अर्ब

मुस्ताङस्थित कोरला नाकाबाट हुने आयात–निर्यात कारोबारमा उल्लेख्य वृद्धि भएसँगै चालु आर्थिक वर्षको ११ महिनामा मुस्ताङ भन्सार कार्यालयले सात अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरला नाकाबाट १३ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ बराबरका मालवस्तु […]