सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवाहरू लिन सक्नेछन् ।