झापा : सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको परमादेशविरुद्ध युवा संघले झापामा बिर्तामोड र दमकमा सोमबार साँझ विरोध प्रदर्शन गरेका हुन्।एमाले ओलीनिकट राष्ट्रिय युवा संघका कार्यकर्ताले 'चोलेन्द्र हामी चिन्दैनौं, अदालती फैसला मान्दैनौं', 'नेपाली जनता के भन्छ,