विद्युत ट्रान्सफर्मर चोरी गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज- प्रहरीले बाराबाट विद्युत ट्रान्सफर्मर चोरी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत, मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने वर्ष २२ का जैसिलाल यादव पक्राउ परेका हुन्। विद्युत ट्रान्सफर्मरको सामानसहित उनलाई पचरौता नगरपालिका-५ टियर खोलामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर गएको मङ्सिर १४ गते राति बारा सिम्रौनगढ […]