काठमाण्डाै – सरकार परिर्वतन भएसँगै बजेटका विषयमा अन्याेल बढेको छ । परिणाम स्वरूप देश अहिले बजेट शून्य र सरकार बेखर्ची भएको छ । त्यसै पनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्कोतर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तहरू भन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले बजेटका विषयमा टिप्पणी गर्दै पछिल्ला सरकारले ल्याएका बजेट लहड, मनमौजी र सिद्धान्त विपरीत भएको बताउनुभयो ।सङ्घीय सरकारले ल्याउने बजेट दिगो विकास, विकासका लक्ष्य तथा आवधिक योजनामा आधारित...