वर्षामा बिजुली उत्पादन बढाउन आयोजनाको डिजाइन मापदण्ड संशोधन हुँदै

२२ साउन, काठमाडौं । सरकारले नदी प्रवाह आधारित (आरओआर) जलविद्युत् आयोजनाको ‘डिजाइन क्राइटेरिया’ (मापदण्ड) संशोधनको तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डिजाइन क्राइटेरियाका कारण सम्भाव्य स्रोतसाधनको उचित प्रयोग हुन नसकेको निष्कर्ष निकाल्दै डिजाइन परिवर्तन गर्न लागेको हो । प्रस्तावअनुसार डिजाइन क्राइटेरिया संशोधन भएमा वर्षायममा नदीको अधिकतम् पानी खपत गर्ने गरी आयोजनाहरु बनाउनुपर्नेछ […]