दोषीलाई कारवाही गर्ने प्रतिवद्धतापछि खुल्यो राप्ती राजमार्ग

सल्यान : जिपको ठक्करबाट दुई युवतीको मृत्युपछि स्थानीयले अवरुद्ध गरेका राप्ती सडक सञ्चालनमा आएको छ।दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिने सहमतिपछि शनिबार बिहान ३ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले जानकारी दिए।सहमतिमा बरलामा प्रहरी चौकी स्थापना गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्ने, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने छ। ठाउँ ठाउँमा प्रहरी नहुँदा दुर्घटनाका बढेको जनगुनासो आएपछि बरलामा प्रहरी बिट राखि