कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० मा पनि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । चालु आवको अन्तिम ३ महिना बाँकी रहँदा प्रदेश सरकारले बजेटको तयारी थालेको हो । यो वर्ष ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट ल्याएको कर्णाली सरकारले आगामी आवमा पनि ३५–३६ अर्बकै हाराहारीमा बजेट ल्याउने जनाएको छ । जसका लागि तयारी सुरु भइसकेको आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए ।