प्रधानसेनापति थापा र भारतीय सेना प्रमुख नरवाणेबीच टेलिफोन संवाद

एजेन्सी- प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेना प्रमुख जनरल एमएम नरवाणेबीच टेलिफोन संवाद भएको छ । उनीहरुबीच शक्रबार टेलिफोन संवाद भएको भारतीय सेनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको हो । उनीहरुबीच दुई देशका सेनाबीचको सम्बन्ध, सुरक्षा सहकार्य लगायतका विषयमा कुराकानी भएको जनाइएको छ । भारतीय सेना प्रमुख नरवाणेले गत वर्ष कार्तिकमा नेपालको भ्रमण गरेका थिए […]