आकस्मिक सवारी लाइसेन्सका लागि अनलाइन आवेदन खुला

यातायात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर लिन सकिने व्यवस्था मिलाइएको यातयात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार विभागले एक सूचना जारी गरी यही असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक रुपमा लाइसेन्स लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।अध्ययन तथा रोजगारीका लागि विदेश

सम्बन्धित सामग्री

पाल्पाबाटै पाइने भयो सवारी लाइसेन्स

पाल्पा : अबदेखि पाल्पाबाट पनि सवारी चालक अनुमतिपत्र पाइने भएको छ। मोटरसाइकल र स्कुटरको नयाँ सवारी चालक अनुमतिपत्र पाइने भएको हो। यातायात व्यवस्था सेवा कार्यालय पाल्पाबाट नयाँ सवारी चालक अनुमतिपत्रका लागि आवेदन खुला भएको कार्यालय प्रमुख केशव सुनारले बताए। उनका अनुसार गत जेठ ३० गतेदेखि पहिलोपटक आवेदन खुला भएको छ।मोटरसाइकलतर्फ वर्ग स्कुटरतर्फ वर्ग प को नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्नका लागि अनलाइन आवेदन खुलाइएको उनले बताए। आवेदक आफैँले अनलाइनमार्फत आवेदन फारम भर्न सक्नेछन्। मोबाइबाट नै आवेदन फ