स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा भए गरेका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका काटुन तथा चित्र प्रदर्शनी गरिएको छ। गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसर पारेर रंगपालिका शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुभारम्भ गरिएको महाधिवेशनमा दुई दर्जन काटुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ। महासंघले काटुनिस्ट क्लब अफ नेपालको […]