अरु नेताको मिल्ने, गिरिजाप्रसाद कोइरालाको नामबाट कलेज खोल्न किन नमिल्ने ?: मन्त्री बडू

काठमाडाैं।उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन्।शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन्।उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व.नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको पनि बताए।

सम्बन्धित सामग्री

जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ : मन्त्री बडू

पुराना उद्योगहरू पूर्ण क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योगहरू निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भए पनि सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो ।