खाने तेलमा ब्रान्डका नाममा ठगी

बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ । सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुपियाँ छ । तृप्ति तोरीको तेल खा