‘मर्निङ वाक’ मा हिँड्ने महिलालाई पछ्याएर सिक्री लुट्ने गिरोह समातियो

मर्निङ वाकमा निस्किने महिलाहरूलाई सुनियोजित ढंगले पछ्याएर सिक्री लुट्ने (चेन स्न्याचिङ) पाँच जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोजकुमार केसीले आठवटा श्रृंखलाबद्ध ‘चेन स्न्याचिङ’ गर्ने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।