कास्कीमा सालीको छोरीलाई बाबुआमा बनेर दिलाइएको नागरिकता रद्द

१२ साउन, पोखरा । पोखरा-२१ कृस्तिमा आफन्तको छोरीलाई नक्कली बाबुआमा बनेर दिलाइएको नागरिकता जिल्ला प्रशासन कार्यालय कास्कीले रद्ध गरेको छ । जनप्रतिनिधिदेखि परिवारसम्मले जालसाँजीपूर्वक दिलाएको भन्दै जिल्ला प्रशासनले रश्मी रानाभाटको नाममा दर्ता भएको नागरिकता रद्द गरेको हो । पोखरा-२१ का ज्ञानबहादुर रानाभाट र श्रीमती ताराको छोरी भएको विवरण पेश गरेर जनप्रतिनिधिको सिफारिसमा गत पुस २१ […]