नारायणगढ (चितवन), ३० कात्तिक । जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना […]
आगामी २३ जनवरीमा स्विट्जरल्यान्डको जेनेभास्थित डब्लुएचओ मुख्यालयमा क्षेत्रीय समितिको विशेष बैठक बस्नेछ। बैठकले मतदानमार्फत नयाँ क्षेत्रीय निर्देशकको मनोनयन गर्नेछ। त्यसपछि जनवरी २५ देखि फेब्रुअरी २ सम्म बस्ने डब्लुएचओ कार्यकारी बोर्डको १६०औँ सत्रले क्षेत्रीय समितिको सिफारिसका आधारमा नयाँ निर्देशक नियुक्त गर्नेछ।
सिन्धुपाल्चोक, ३० कात्तिक। हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सम्पन्न भएको छ । प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । न्यू […]
३० कात्तिक, चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक …
काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा पुष्पहार अर्पण गर्दै मधेस आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनले सहिदहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताए। यसैबीच, सभामुख अर्याल आज बिहान छठ पर्वको अन्तिम दिन बाराको कलैयास्थित […]
उदयपुर, ३० कात्तिक । कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको यहाँको रैथाने बासमती धानको खेती पछिल्लो समय घट्दै गएको छ । छोटो समयमा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड)जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइ अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत बढ्नुले परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो । विशेषगरी त्रियुगा […]