लगातारकाे वर्षाका कारण लेदाेसहितकाे पहिराे खस्दा साेमबार बिहानैदेखि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिराे खसेपछि सडक अवरुद्ध भएको हाे ।