काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले असोजसम्ममा एक तिहाइ जनसंख्यालाई खोप दिइसक्ने निर्णय गरेको छ ।...