काठमाण्डाै - मिथिला क्षेत्रमा आज चौरचन अर्थात चौरचण्ठ पर्व श्रद्धा र विधिपूर्वक मनाइँदैछ ।
भदौ शुक्लपक्ष चतुर्थीका दिन मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्त्वकासाथ पर्व मनाउने गर्दछन् । तर यस वर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौरचन पर्व आज एकैदिन परेको छ ।
यो पर्वमा पूजामा सहभागी हुने परिवारका एक जना महिला सदस्य दिनभरि उपवास बसेर बेलुका गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ ।
चन्द्रमाको पूजा हुने पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, अम्बा, पुरी...