हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको लागी विपक्षी गठबन्धनमा मुख्यमन्त्री पद बाधक बनेको छ।गठबन्धनमा रहेको दुईवटा दलले मुख्यमन्त्रीमा दाबी गरेपछि वर्तमान सरकारविरुद्व जान नसकेको विपक्षीलाई मुख्यमन्त्री पद बाधक बनेको हो।अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार कानुनीरूपमै अल्पमतमा परेको दुईसाता भइसक्दा पनि नयाँ सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो लगाउन सकेको छैन।शाक्य नेतृत्वको सरकारविरुद्व रहेको विपक्षी गठबन्धनले मुख्यमन्न्त्रीको टुंगो लगाउन नसक्दा वर्तमान सरकारक