बागमती सरकारले कानून मन्त्रालयलाई छुट्टयायो ८३ करोड

बागमती सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिएको हो ।प्रदेशका आर्थिक मामिला तथा योजना विकास मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्षको बजेट घोषणा गर्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेको घोषणा गरे ।