१६ डाक्टर र २४ नर्स जसले कोरोना संक्रमितको उपचार गर्दागर्दै आफ्नै ज्यान गुमाए !

गत जेठ २० गते युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत चिकित्सक ३५ वर्षीय पशुपति रजौरियाको मृत्यु भयो । कोरोना संक्रमण भएका बिरामीलाई एचडीयू कक्षमा उपचार गर्ने डा. रजौरिया बिरामीलाई उपचार गर्दागर्दै अस्पतालको सोही कक्षमा आफैँ भर्ना भए । एक महिनाअगाडि अर्थात वैशाख २० गते कोरोना संक्रमण भएका डा. रजौरियालाई भैरहवा उपचार गर्न नसकेपछि अघिल्लो दिन हेलिप्टरमार्फत काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यहीँ उनको मृत्यु भएको हो । केही महिनाअघि मात्र विवाह गरेका रजौरियाकी पत्नी डा. हसिना वानु पनि उनी...